११ किलो चरेससहित २ जना पक्राउ



दाङ । ११ किलो चरेससहित २ जना पक्राउ परेका छन। रुपन्देही र दाङको विशेष प्रहरी टोलीले रुपन्देहिको सालझझुन्डीबाट रोल्पा रान्कोट निवासी भागीराम घर्ती मगर र माडी गाउँपालिका निवासी चन्द्र बहादुर घर्तीलाइ चरेश सहित पक्राउ गरेको हो।

उनीहरुलाई ३ दिन देखि दाङबाट सिबिल प्रहरीहरुले ग्राहक बनेर दाङबाट पिछा गर्दै जादा रुपन्देही प्रहरी सालझुन्डीको सम्वयमा उनिहरुलाइ पक्राउ गर्न सफल भएको प्रहरिको भनाई छ।

चरेश सहित पक्राउ गरिएका दुइ जना अभियुक्तलाई ईलाका प्रहरी कार्यालय सालझुन्डीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी राम प्रसाद घर्तीले जानकारी दिएका छन । उनिहरुलाई लागू औषध नियन्त्रण ऎन २०३३अन्तरगत मुद्दा चलाउने तयारी भैरहेको डिएसपी घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्