प्रधानमन्त्री गर्भवती



वेलिङटन, (एजेन्सी)

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्दा आर्डर्नले आफू गर्भवती भएको घोषणा गर्दै र आफू पहिलो सन्तानलाई जन्म दिन तयारीमा रहेको बताएकी छिन्। पदमा रहँदै सन्तान जन्माउने उनी देशकै पहिलो नेता पनि बनेकी छिन्। आर्डर्नले गत वर्ष अक्टोबरमा पद सम्हालेकी थिइन्।

आफ्ना साथी क्लार्क गेफोर्डसँग उनले आफू गर्भवती भएको समाचार दिएकी थिइन्। जुनमा आफ्ना पहिलो सन्तानलाई स्वागत गर्न उनीहरु अत्यन्त उत्साहित रहेको उनले बताइन्। बच्चा जन्मेपछि ६ हप्ताका लागि विदामा बस्ने र त्यस अवधिमा उपप्रधानमन्त्री विन्स्टर पिटर्सले उनको स्थानमा कार्यभार सम्हाल्ने आर्डर्नले बताइन्।

प्रतिक्रिया दिनुहोस्