राजनीतिज्ञ दुर्घटनामा



न्यु मेक्सिको, (एजेन्सी)

जिम्बाबेका चर्चित राजनीतिज्ञ रोय बेन्नेट र उनकी पत्नीको उत्तर अमेरिकामा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। तिनीहरु चढेको सो हेलिकोप्टर बुधबार अमेरिकाको न्यु मेक्सिको राज्यको पहाडी इलाकामा दुर्घटनाग्रस्त भएको र उकत दुर्घटनामा त्यसमा सवार एक व्यक्तिको ज्यान बचेको सरकारी सूत्रले जनाएको छ।

गोरा जातिका पूर्वकृषक ६० वर्षीय बेन्नेटलाई विपक्षी पार्टी मुभमेन्ट फर डेमोक्रेटिक चेनज ( एमडीसी ) को खम्बा नै मानिन्छ। उनका साथी र नातेदारहरुले सामाजिक सञ्जालमार्फत यस घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्