सांसद भइएला भन्ने कल्पना सम्म गरेका थिएनन् देवी र आसाले



धनवीर दाहाल, रुकुम । सानो उमेरको हुँदादेखी महिला माथी हुने गरेको अन्यायका बिरुद्धमा आवाज उठाउँदै आएकी देवी ओलीले महिला पुरुष बिचको असमानताको खाडल पुर्न अझै धेरै रहेको बताइन् । नेकपा एमाले प्रदेश नं ६ की प्रदेश कमिटी सदस्य रहेकी ओली प्रदेश नं ६ को समानुपातिकबाट प्रदेश सांसद निबार्चित भएकी छन् ।

२०२८ साउन १४ गते रुकुमको तत्कालिन जाङ्ग गाबिसमा जन्मीएकी देवी ओली २०४७ साल देखी बिद्यार्थी राजनितिमा आबद्ध भइन् । २०४८ सालमा रुकुमकोट माविको अनेरास्वबियु प्राक सदस्य हुँदै बिद्यार्थी राजनितिमा सक्रिय भएर लागेकी उनी २०४९ मा अनेमसंघ जिल्ला कमिटीमा आबद्ध भइन् । २०५१ देखी २०५९ सम्म अनेमसंघ रुकुमको अध्यक्ष भएकी ओली सोही संगठनको २०५४ देखी ६७ सम्म केन्द्रीय सदस्य भएर पनि जिम्मेवारी सम्हालिन । २०६८ देखी ६९ सम्म पार्टी जिल्ला कमिटीको उपाध्यक्ष हुँदै २०७० देखी ०७३ सम्म राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भई काम गर्दै आएकी ओली हाल नेकपा एमाले प्रदेश नं ६ को प्रदेश कमिटी सदस्य छन् ।

पार्टीमा काम गर्दा सांसद भइएला भन्ने कल्पना पनि नगरेको उनको भनाई छ । “महिला अधिकार, छोरा छोरीमा समान अधिकार तथा सामाजिक न्यायको पक्षमा आवाज उठाँउदै आएकी छु” उनले भनिन् “म सांसद हुँदा भनेर राजनितिमा लागेकी होइन । पार्टीले मुल्यांकन गरेर मलाई सिफारिस गरेको हो ।

जनताको मतले म निबार्चति भयँ ।” बिएड सम्मको अध्ययन सकेकी ओली एलएलबि की बिद्यार्थी हुन् । स्थानीय शान्ति समितीको संयोजक, महिला सहकारी संस्था लगाएतका बिभिन्न सामाजिक पदमा रहेर सामाजिक कार्य गरिसकेकी देवी ओलीले अव प्रदेश नं ६ को सांसदको हैसियतले जनतासँगको निरन्तर समन्वय तथा सल्लाहमा जिल्लाको विकासमा जुट्ने बताइन् । प्रदेश नं ६ मा नेकपा एमालेको भागमा पर्ने जुन सुकै महत्वपुर्ण पदमा रहेर पनि काम गर्ने सक्ने उनले बताइन् । सभामुख, उपसभामुख या कुनै मन्त्री तथा कुनै समितीको सभापतिको जिम्मेवारी पाए पनि आफु सक्षम रहेको ओलीले बताइन् ।

यस्तै रुकुम पुर्व नेकपा एमालेकी उपसंयोजक आसा स्र्वणकार पनि रुकुम पुर्वबाट प्रदेश सभा सांसद प्रदेश नं ५ मा समानुपातिक तर्फ निबार्चित भएकी छन् । २०२७ सालमा महतको गुनाममा जन्मीकी स्वर्णकार २०४६ देखी कम्नियुष्ट आन्दोलनमा लागेकी हुन् । अनेमसंघको टोल कमिटी बाट राजनिति सुरु गरेकी आसालाई दामोदर पौडेलले राजनितिमा आवद्ध गराएका हुन् । महत गाँउ कमिटीमा काम गर्दै उनी २०६३ मा अनेमसंघको जिल्ला कमिटी रुकुमको अध्यक्ष भइन् ।

२ कार्यकाल अध्यक्ष भएर काम गरेकी स्र्वणकार नेकपा एमालेको जिल्ला कमिटी सदस्यको पनि जिम्मेवारी सम्हालिन् । रुकुम एक हुँदा सम्म पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य रहेकी आसा हाल रुकुम पुर्वकी पार्टीको उपसंयोजक हुन भने अनेमसंघको केन्द्रीय सदस्य हुन् ।
स्थानीय तहको निबार्चनमा भुमे गाँउपालिका अध्यक्षमा एक मात्र दलित महिला रुपमा उनी लडेकी थिइन् ।

नेकपा एमालेले रुकुमको भुमे गाँउपालिका प्रमुखको उम्मेदवारका रुपमा उनलाई अघि सारेको थियो । भुमे गाँउ पालिकामा एमालेको कमजोर स्थिती हुँदा हुँदै पनि उनी प्रतिस्पर्धामा आउन सफल भएकी थिइन् । दलित त्यसमा पनि महिला हुँदा धेरै चुनौतिको सामना गर्दै राजनीतिलाई पेशा बनाएकी आशाले जातिय भेदभाव अन्त्य तथा समानताको आन्दोलनमा सँधै रहिरहने बताइन् । उनले यो आफ्नो राजनीतिको ठूलो उपलब्धि भएको बताइन् । अवका दिनमा जनतासँगै रहने उनको भनाई छ । तर उनले सांसद भइन्छ भनेर नसोचेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्