न्यूरोडबाट चितुवाको छालासहित तीन पक्राउ



 

काठमाडौँ। महानगरीय अपराध महाशाखाले संरक्षित वन्यजन्तु चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले संरक्षित वन्यजन्तुको छाला ओसारपसार गरेको भन्दै बैतडीका महेशराम औजी, जनक महरा र सुरेन्द्र दयाललाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महाशाखाले काठमाडौँको न्यूरोडस्थित भूगोल पार्कमा झोलाभित्र बोरामा प्याक गरी राखेको अवस्थामा पक्राउ गरेको हो । उक्त छाला बैतडीबाट ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज जिल्ला वन कार्यालय हात्तिसार पठाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्