छैटौँ राखेप च्याम्पियनसिप राष्ट्रिय तेक्वान्दो शुरु



धनकुटा।  स्थानीय हिलेमा छैटौँ राखेप च्याम्पियनसिप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।

धनकुटा नगरपालिका–१ हिले कबर्ड हलमा राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा भएको प्रतियागितामा नेपालका विभिन्न जिल्लाका १७० खेलाडी सहभागी छन् । प्रतियोगितामा १६ तौल समूह विभाजन गरिनाका साथै १८ पुम्से गरी ३४ इभेन्ट (विधा)मा खेल खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ३४ –३४ स्वर्ण र रजत तथा ६८ कास्य गरी १३६ पदकका लागि प्रतिष्पर्धा हुने तेक्वान्दो संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिनुभयो । दुई दिन सञ्चालन हुने प्रतियोगितामा विजयी खेलाडीले साफ गेम प्रतियोगिता छनोटमा भाग लिन पाउने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्