देशका प्रमुख शहरहरुमा लागु औषधका गिराेह सकृय



काठमाडौं । लागु औषध नियन्त्रण व्युरोले लागु औषध सहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

व्युरोले लागु औषध चरेश सहित रसियन नागरिक भिक्टर ट्यास्गानोभलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको व्यराेले जनाएको छ । व्युरोले ट्यास्गानोभलाइ मंसीर २९ मा विमास्थलमा खान तलासी गर्ने क्रममा च्यावनप्रासको बट्टामा लुकाएको अवस्थामा १ किलो ४९१।५ ग्राम चरेश सहित पक्राउ गरेको हो । फ्लाई दुबई एयरलाइन्स मार्फत दुबई जान लागेका ३३ वर्षिय ट्यास्गानोभ यस अघि पनि नेपाल आउजाउ गरेको पुष्टि भएको व्युरो प्रमुख डिआइजी ठुले राईले जानकारी गराए ।

औषधीका रुपमा प्रयोग गरिने नियीन्त्रत लागु औषध सहित एक भारतीय नागरिकलाई पनि व्युरोले पक्राउ गरेको छ । रक्सौल १५ का ३७ वर्षिय रमेश कुमारलाई व्युरोले सोमबार कलंकीबाट लागु औषध सहित पक्राउ गरेको हो । भारतिय नागरिक रमेश कुमारले स्कार्पियो गाडीमा लुकाई ल्याएको ब्रुप्रिनर्फिन १२ एम्पुल, डाइजेपाम १२०० एम्पुल फेनारगन ११०० एम्पुल गरि ३५०० एम्पुल सहित पक्राउ गरेको व्युरोले जनाएको छ ।

भारतिय नागरिकले ब्रुप्रिनर्फिन र डाइजेपाम लगायतका नियन्त्रित लागु औषध काठमाण्डौं भित्राई देशका प्रमुख शहरहरुमा कारोबार गरेको खुलेको व्युरोले जनाएको छ । औषधीजन्य लागु औषध भारतमा दुई सय रुपँयामा खरिद गरि नेपालमा प्रति एम्पुल रु. १२ बढिमा विक्री गरेको भेटिएको डिआइजी राईले बताए ।

यसैविच व्युरोले श्रावण पछि फर्मास्युटिकल्स नियन्त्रित लागु औषध १३ हजार १४६ एम्पुल सहित उपत्यकाबाट ३७ जना पक्राउ गरेको जनाएको छ । देशभर रहेका व्युरोका २५० युनिटबाट श्रावण यता २१४ जना पक्राउ परेका छन् । पक्राउ परेकामा सात महिला छन् भने १२ विदेशी नागरिकहरु छन् ।

व्युरोले श्रावण १४ पछि २८ केजी चरेश,३५६।२३ ग्राम खैरो हेराइन, ६।५ केजी गाँजा नियन्त्रण गरेको छ । त्यस्तै १३०८ एम्पुल बुप्रेर्फिन प्रोक्सीभान १६४७ क्याप्सुल, नाईट्रोसन ५६६० ट्याबलेट, फेनारगन १३१६ एम्पुल ,एभिल २४३ एम्पुल, डाइजेल्याभ १६०२ एम्पुल र फेन्साडिल ४।५ लिटर नियन्त्रण गरिएको व्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्