निमोनियाले एकै टोलका तिन बालबालिकाको मृत्यु



कालीवहादुर मल्ल, कालिकोट । खाँडाचक्रनगरपालिका–४ ताडीको एउटै टोलका तिनजना बालबालिकाले ज्यान गएको छ । कडाखालको निमोनिया, भाईरल ज्वरो र रुघाखोकीको कारणले एक हप्तामा तिनजना बालबालिकाको ज्यान गएको हो ।

कडाखालको निमोनिया, भाईरल ज्वरो र रुघाखोकीकारण खाँडा चक्रन गरपालिका वडा नं ४ ताडीमा दक्त बिकका ९ महिने छोरालक्ष्मण बिक., गोविबिक १६ दिनका छोरा र बाँचे बि.क.की १ महिना नातिनी रश्मी बि.क.को मृत्यु भएको हो ।

गोवि बि.क.को छोरालाई नेपालगंजलिदै गर्दा बीचबाटोमा मृत्यु भएको हो भने लक्ष्मण बि.क.को जिल्ला अस्पताल कालिकोटमा उपचार गर्दा गर्दै मंगलबार राती मृत्य भएको मृतक बुवा दत्त बि.क.ले बताए ।

‘गाउँमा रुघाखोकी भाइरल ज्वरो काकारणले बुढाबुढी बालबालिकामा धेरै समस्या ल्याएको छ ।’ उनले भने,‘गोवि बिकको छोराको नेपालगंज लैजादै गर्दा बाटोमा र मेरो छोराको मंगलबार राती जिल्ला अस्पतालमा उपचार हुदै गर्दा मृत्यु भएको हो ।’

प्रतिक्रिया दिनुहोस्