पुर्व राजा ज्ञानेन्द्र शाह परिवार काठमाडौं फर्किए



ईश्वरराज ढकाल, काठमाडौं । झण्डै तीनसाता लामो सुदुरपश्चिम र मध्यपश्चिमको बसाई पछि पुर्व राजा ज्ञानेन्द्र शाह परिवार आज दिउसो १ बजे काठमाडौं फर्किएका छन् । शुक्रबार दिउसो १ बजे नेपालगंज विमानस्थलबाट पुर्व राजा ज्ञानेन्द्र, पुर्व रानी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही, निजी सचिव सागर तिचमल्सिना र निजी सुरक्षाकर्मीका साथ काठमाडौं फर्किएका छन् ।

नेपालगंज बसाईका क्रममा ज्ञानेन्द्र लखनउ स्थित उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यानाथ संग समेत भेट गर्नु भएको थियो । सुदुर र मध्य पश्चिम बसाईका क्रममा पुर्व राजाले कैलाली, सुर्खेत लगायतका जिल्ला भ्रमण गर्नुभएको थियो । पुर्व राजाा अंग्रेजी नया वर्ष मनाउन र नेपालगंजको कारकादोमा रहेको होटल सोल्टीको उद्घाटन गर्न पुस १३ गते नेपालगंज पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्