युरोप पठाउने भन्दै करोडौ ठगेर पासपोर्ट फिर्ता नगर्ने लोहनी पक्राउ



काठमाडौं। युरोप र खाडी मुलुकमा बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुसँग लाखौं ठग्दै आएका पारस लोहनी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले लामो समयदेखि ठगी कार्यमा संलग्न नुवाकोट घर भएका लोहनीलाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

लोहनीले सिंगापुर, पोर्चुगल फ्रान्स तथा माल्टामा जस्ता मुलुकमा पठाउने भनेर आईएमई मार्फत पैसा लिएर  पासपोर्ट समेत फिर्ता गरेका थिएनन । लोहनीले बुद्धिराज गुरुङ समेत ९ जनाको ४८ लाख, युवराज भट्टराईबाट ११ लाख ६० हजार ठगी गरेका छन् । भट्टराईसँग भने उनले श्रमको कागज गरिदिएको बताइएको छ । त्यस्तै,हेम्जोङ गुरुङबाट १२ लाख ५० हजार तथा महेन्द्र शेरचनबाट १४ लाख ठगेको महाशाखाले जनाएको छ । महेन्द्र शेरचनलाई उनले १४ लाखको चेक दिएपनी बाउन्स भएको छ । उनीबिरुद्द ठगीमा मुद्दा चलाउने महाशाखाले जनाएको छ ।

लोहनीले पोखराका हरिप्रसाद गुरुङ, निशान गुरुङ, कुमार गुरुङ र सविन गुरुङलाई पोर्चुगलस्थित पानी जहाज  कम्पनीमा मासिक एकहजार युरो तलव सुविधा पाउने गरी अबैध मार्ग हुदै जर्मनको बाटो हुदै पोर्चुगल पठाएका थिए । उनीहरुसंग रहेको कागजपत्र नक्कली भन्दै जर्मन प्रहरीले उल्टै एयरपोर्टबाट पक्राउ गरी दुई दिन थुनामा राख्नुका साथै नेपाल फर्काइ दिएपछि आफूहरु ठगिएको उनीहरुले वताएका थिए ।

प्रतिक्रिया दिनुहोस्