छमछमीबाट बाहिरीइन् नेहा



नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो रियो छमछमी ३ बाट यो हप्ता काठमाडौंकी नेहा तामाङ बिदा भएकी छिन्। काठमाडौंबाट अडिसन दिई टप ८ सम्म पुगेकी नेहाले यो राउण्डमा दर्शकको उल्लेखनिय भोट पाउन नसकेपछि उनी बाहिरीन पुगिन्। आफ्नो प्रस्तुतिमा निर्णयकबाट बारम्बार वाहवाहि बटली अघिल्ला हप्तादेखि नै भोटका आधारमा उनी लगातार पाँचौ हप्तासम्म पनि बटम ३ मा रहँदै डेन्जर जोनमा पर्दे आएकी थिइन्। यसैकारण पनि उनी शोमा डेन्जर जोन क्विनका रूपमा परिचित थिइन्। टप ८ को अन्त्यमा निर्णायकले परिणमको खामबन्दी नतिजा खोल्दा अघिल्लो हप्ताको प्रस्तुतिको आधारमा उनले प्राप्त गरेको भोट उनलाई अगाडि लैजान काफि भएन।

सोही राउण्मा हेटौंडाका सरोज राना प्रजाले भने सबभन्दा बढि भोट प्राप्त गर्ने प्रतिस्पर्धीको रूपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ह्याम्पर प्राप्त गरे। शोमा नेपाली फिल्मकी प्रथम नायीका भ”वन चन्दको उपस्थितिले थप रोमाञ्चकता थपेको थियो। शोको प्रतिस्पर्धाबाट बिदा लिंदै नेहाले सम्प”र्ण दर्शक र भोट दातालाई धन्यवाद दिइन्। आफ्ना नशानशामा नृत्य दौडिएकोले आगामि दिनमा यहि क्षेत्रमै लागिरहने र यसैमा आफ्नो भविष्य रहेको उनले बताइन्। टप ९ राउण्डसम्मको सहभागिको रूपमा रहँदा कोरियोग्राफर र निर्णायकहरूबाट धेरै फर्ममा नृत्य सिक्ने राम्रो अवसर पाएको उनले बताईन्। शोबाट बाहिरिंदै गर्दा उनले एलजिको ३२ इन्चको स्मार्ट टिभि पुरस्कारको रूपमा प्राप्त गरेकी छिन्।

प्रतियोगितामा अब ४ जना पुरुष र ३ जना महिला प्रतिस्पर्धी मैदानमा छन्। यसअघिका साताहरूमा भोटका आधारमा टप १२ मा रहेका प्रतिश्पर्धीमध्ये धरानका आतिस जैरु, कोहलपुरका रोशन विश्वकर्मा, बुटवलका अविनास हमाल र बिराटनगरका मनिष कटुवाल शोबाट बाहिरिसकेका छन्।

यो रियालिटी शोमा प्रथम हुनेले डयाट्सनको रेडि गो कार, द्वितीय हुनेले ५ लाख रुपियाँबराबरको एलजि होम एपलाइन्सेस, तृतीय हुनेले ३ लाख रुपियाँ बराबरको एलजि होम एपलाइन्सेस र टप १० भित्र स्थान बनाउने अन्य ७ जना प्रत्येकले ३२ इन्चको एलजि स्मार्ट टिभि पुरस्कार स्वरूप प्राप्त गर्नेछन्। टप १२ देखि नै भोटिङ राउण्डको रूपमा दर्शकको निर्णय (भोट) लाई आधार बनाई टप ५ राउण्डसम्म संचालन हुनेछ र अन्तिम ५ प्रतिस्पर्धीले ग्राण्ड फिनालेमा आफ्नो प्रस्तुति दिनेछन्। ग्राण्ड फिनालेको विजेताको निर्णय समेत दर्शकहरूको भोटिङकै आधारमा हुनेछ। हरेक बुधवार बेलुकी ८ः४० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको रियो छमछमी ३ सोहि दिन राती ११ः३० बजे र बिहिवार दिउंसो २ः२० बजे प”नः प्रसारण हुनेछ। रियो छमछमी ३ को प्रायोजन चौधरी ग्रुपको पेय उत्पादन रियोले गरेको छ।

प्रतिक्रिया दिनुहोस्