चुनाव तिथि घोषणा



नयाँदिल्ली, (एजेन्सी)
भारतको चुनाव आयोगले तीन उत्तरपूर्वी राज्य मेघालय, त्रिपुरा र नागाल्यान्डमा विधानसभा चुनावको तिथि घोषणा गरेको छ। मुख्य चुनाव आयुक्त एके जोतीले चुनाव दुई चरणमा हुने बताए। पहिलो चरण फेब्रुअरी १८ मा त्रिपुरामा चुनाव हुनेछ। दोस्रो चरणमा मेघालय र नागाल्यान्डमा फेब्रुअरी २७ मा चुनाव हुने आयोगले जनाएको छ। तीनैवटा राज्यको मतगणना मार्च ३ मा हुनेछ। मतदानका लागि इभिएम र भीभीपीएटीको प्रयोग गरिने बताइएको छ। तीनवटा राज्यमा ६० वटा मतदान केन्द्र रहने र इभिएमको नतिजालाई भीभीपीएटी मेसिनबाट प्राप्त जानकारीसँग मिलान गरिने बताइएको छ

प्रतिक्रिया दिनुहोस्