आशंकित पक्राउ



रोम, (एजेन्सी)
चिनियाँ माफियाको सदस्य रहेको आशंकामा बिहीबार इटालीमा प्रहरीले ३३ जनालाई गिरफ्तार गरेको छ। इटालीमा रहेका चिनियाँहरूबाट चिनियाँ उत्पादित वस्तुहरू युरोपभरि वितरण हुने कार्यमाथि नियन्त्रण राख्ने उद्देश्यले बिहान सबेरै प्रहरीले विभिन्न सथानमा छापा मारेको बताइएको छ। ‘चाइना ट्रक’ नाम दिइएको यो अभियान सन् २०११ देखि नै शुरू गरिएको थियो। पक्राउमा परेका तिनीहरू एउटा आपराधिक समूहसँग आबद्ध रहेको बताइएको छ। प्रहरीले अन्य २१ जनामाथि भने यस विषयमा अनुसन्धान भइरहेका ेबताएको छ।

प्रतिक्रिया दिनुहोस्