कुरान पढ्न रोक



बेइजिङ, (एजेन्सी)
चिनियाँ सरकारका अधिकारीहरूले पश्चिम चीनको एक काउन्टीका मुस्लिम बच्चाहरूलाई हिउँदे बिदामा कुनै पनि धार्मिक कार्यक्रममा सहभागी बन्न रोक लगाएको छ। उक्त इलाकामा प्रायः मुस्लिम आवादी रहेको छ। उक्त प्रतिबन्धको सूचना शिक्षा निकायले अनलाइनमा पोस्ट गरेको थियो। यसलाई धार्मिक स्वतन्त्रताको दमन गर्ने सरकारी कदमका रूपमा लिइएको छ। गान्सु प्रान्तको लिन्सिय काउन्टीका स्कुले छात्रछात्रालाई बिदामा कुनै पनि धार्मिक भवनमा छिर्न रोक लगाएको स्थानीय शिक्षा ब्युरोले जनाएको छ। विद्यार्थीले कक्षा कोठा वा धार्मिक स्थलमा समेत धार्मिक ग्रन्थ कुरान पढ्न नपाउने ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्