प्रतिभाको प्रित भिडियोमा



गितारको तालमा सबैलाई भुलाउने शिल्पीको रूपमा चिनिएका संगीतकार अनिल शाही नबोदित गायिका प्रतिभा शाहसँगै गायकका रूपमा प्रस्तुत भएका छन्।

मेरो मनले बोलको नयाँ गीतको म्युजिक भिडियोमा अनिल शाहीलाई गायकका रूपमा मात्र होइन मोडलका रूपमा पनि देख्न सकिन्छ। शाही कुशल संगीतकार र गीतारबादक हुन् भन्ने सबैलाई थाहा छ, तर अब उनी गायकका रूपमा पनि आएका छन्। यसको म्युजिक भिडियोमा अनिलका साथमा जुना सन्दास र अर्जुन गौतमले मोडलिङ गरेका छन्।

मेरो मनले तिम्रो प्रित चोर्यो भने मलाई माफ गरिदिनु बोलको गीतले संगीतकार शाही सुमधुर स्वरका गायक पनि हुन् भन्ने पुष्टि गरिदिएको छ। नविन श्रेष्ठको गीतमा संगीत अनिल स्वयंको छ। मेरो मनले गायिका प्रतिभा शाहको पहिलो प्रस्तुती हो। बेलायतको म्यानचेस्टरमा बस्ने प्रतिभा पेशाले नर्स हुन्। नर्सिङ अभ्यासकै क्रममा डेढ दशकअघि बेलायत पुगेकी प्रतिभा शास्त्रीय संगीतमा पोख्त छिन्। तर उनको पहिलो प्रस्तुति भने आधुनिक संगम संगीतमार्फत दर्शक स्रोतमाझ आएको छ। प्रतिभा शाहले निर्माण गरेको यो म्युजिक भिडियोको निर्देशन अनिल शाहीले नै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्