सुपारी र रबर खेतीलाई टेवा पु¥याउन योजना



 

भद्रपुर। कृषि विकास राज्यमन्त्री सरिता प्रसाईले चिया उत्पादकलाई ग्राह्यता दिन चिया ब्राण्ड आएको र झापामा एक शीत भण्डारगृह निर्माण हुने बताउनुभएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित आदर्श टोलमा जनआदर्श सिँचाइ योजनाद्वारा आयोजित नयाँ प्रविधिमा आधारित सिँचाइ योजनाको शिलान्यास गर्दै उहाँले झापामा बढ्दै गएको सुपारी र रबर खेतीलाई टेवा पु¥याउन कृषकको मागअनुसार योजना आएको बताउनुभयो ।

सो अवसरमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले करिब रु ४७ लाखको लागतमा निर्माण हुने सो योजना एकदमै नयाँ भएको र यसबाट गाउँपालिका वडा नं २ का २१ घरधुरीका १३ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने जानकारी दिँदै सौर्य ऊर्जामार्फत इनारबाट पानी तानी ट्यांकीमा भण्डारण र फिरफिरेको माध्यमबाट किसानको खेतसम्म पानी पु¥याइने सो प्रविधिको विशेषता भएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्