सीमा सर्वेक्षणको काम तत्काल रोक्न माग



 

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)ले पर्साको छकपैयामा करीब ५० बिघा नेपाली भूमि नेपाली भूमि मिचिएकामा आपत्ति जनाएको छ ।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भारतीय पक्षले सीमा छुट्याउने खम्बा सारेर मिचेकामा आपत्ति जनाउँदै विज्ञप्तिमा भन्नुभएको छ, “पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १ को छकपैयामा करिब ५० बिघाभन्दा बढी नेपाली भूमि मिचिनु नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दशगजा क्षेत्र व्यवस्थित गर्न गरेको सहमति विपरीत कार्य भएको छ ।”

क्रान्तिकारीले सीमा सर्वेक्षणको काम तत्काल रोकी नेपाली पक्षका सदस्यलाई फिर्ता वोलाएर कूटनीतिक माध्यमबाट अविलम्ब समस्या समाधान गर्न माग गरेको छ । सीमा सारिएको उक्त क्षेत्रमा स्थलगत रुपमा अध्ययन गर्न क्रान्तिकारीले उपाध्यक्ष विजय गौतमको नेतृत्वमा आठ सदस्यीय केन्द्रीय टोली छकपैया पठाउने निर्णय गरेको छ । टोलीका अन्य सदस्यमा उपमहासचिव जिपी मैनाली, सचिवद्वय गजेन्द्र देव र सूर्यनारायण शाह तथा केन्द्रीय सदस्य शिवम् शाह, इस्ककुमार पासवान, जुवेर आलम र सकिना बस्नेत रहनु भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्