नौ किलो मिटर सडक कालो पत्र हुने



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका भित्र आर्थीक वर्ष ०७४/७५ मा ९ किलो मिटर सडक कालो पत्रे गरीने भएको छ ।

चौरजहारी नगरपालिका रुकुम र सल्यानको सिमाना रहेको वाँसखोला देखि एरपोट पुरानो वजार नयाँवजार त्रिवेणी वजार घारीकापाखा हुदै स्यालखोला र विजयश्वरी सम्मको सडक पिच हुने भएको हो ।

नयाँ शहरी कार्यालयले उक्त सडक खण्डमा ७ मिटर सडक पिच र साईडमा एक एक मिटरको नाली निर्माण गर्ने भएको छ । यसअघि ११ मिटरको वाटो कालोपत्रे गर्ने निर्णय गरीएको भएतापनि विच सडक छेउछाउमा रहेका घरहरुमा क्षति पुग्ने भएपछि सर्वपक्षीय छलफलले नयाँ निर्णय गरेको हो । एक एक मिटर नालीको लागी दुई साईड छाडेर ७ मिटर सडक कालोपत्रे गर्ने निर्णय गरीएको छ ।

नयाँ शहरले आयोजना गरेको सर्वपक्षीय वैठकमा चौरजहारी नगरप्रमुख विशाल शर्मा उद्योग वाणिज्य संघका अध्यक्ष तेज वहादुर विष्ट पुर्व नगर विकास समिति अध्यक्ष द्धय प्रेम वहादुर वली र ज्ञानु वुढाथोकीको उपस्थिति रहेको थियो । त्यसैगरी वैठकमा स्थानिय राजनितिक दलका प्रमुख एवम प्रतिनिधि शिक्षक वुद्धिजीवी व्यापार व्यासायी लगाएत स्थानिय वासीको उपस्थिति रहेको थियो । एक साता भित्र टेण्डर गरी काम तत्कालन सुरु गरीने शहरी काकर्यालयले वताएको छ ।

सडक कालोपत्रेको लागी ३० करोड रकमको स्टमेट गरीएको नयाँ शहर आयोजना प्रमुख ईन्जिनियर राजेन्द्र दासले जानकारी दिनुभयो । यो संगै चौरजहारी नगरपालिका भित्र नयाँ शहर आयोजनाले रिगंरोड वस पार्क निर्माण तथा अन्य ग्रामिण सडक निर्माण एवम ग्रावेलको काम संचालन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्