पर्वतमा दिदी बहिनी कप भलिबल हुने



काठमाडौं, (नेस) । पर्वतको कुश्मा रहेको रेडियो दिदी बहिनीको आठौं वार्षिकोत्सवको अवसरमा दोस्रो दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी फागुन २२ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगितामा तीन विभागिय टोलीसहित ६ टोलीको सहभागिता रहने रेडियोकी अध्यक्ष कल्पना चापागाईले बिहीबार पत्रकार सम्मेलनमा बताइन् । प्रतियोगितामा सहभागि हुने अन्य टोलीमा आयोजकको एक टोली, डिफेन्डिङ च्याम्पियन न्यु डायमण्ड एकेडेमी र पश्चिमाञ्चल क्षेत्रीय भलिबल टिम रहेका छन् । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता लिगकम नकआउटमा सञ्चालन हुनेछ ।

अनुमानित १५ लाख खर्च हुने प्रतियोगितामा पहिलो हुनेले नगद १ लाख पाउनेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ६० र ४० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्