साँफे—मार्तडी राजमार्ग तीनदिन बन्द



 

बाजुरा। साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ ।

सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका ढुंगा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पी.एस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताउनुभएको छ ।

उहाँले सडकमा रहेको ढुंगा नफुटाउँदा वर्षायाममा सडकमा आउने हुँदा ढुंगा फुटाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । ढुंगा फुटाउने क्रममा विभिन्न दुर्घटना हुने भएकाले सार्वजनिक सूचनामार्फत यातायात व्यवसायी, स्थानीय लगायतलाई जानकारी गराएको थापाले जानकारी दिनु भयो । सडक निर्माणमा बाधा नपु¥याउन सबैमा कम्पनीले आग्रह गरेको छ । सडक निर्माणमा बाधा भएमा कम्पनी जिम्मेवार नहुने थापाको भनाइ रहेको छ ।

मार्तडीसम्म चल्ने सवारीका साधन बूढीगंगा नगरपालिकाको बल्देमा मात्र चल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्