प्रधानमन्त्री देउवाको पु्त्ला दहन



विमल विष्ट, डोटी । प्रदेश ७ को राजधानी कैलाली तोकेको विरोधमा डोटीका प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । प्रदर्शनकारीले दिपालय स्थित क्षेत्रीय सदरमुकाममा रहेको क्षेत्रीय प्रशासन कार्यालयमै उहाँको तथा उहाँकी पत्नी आरजु देउवा राणाको पुत्ला जलाएका हुन् ।

प्रदर्शनकारीले उहाँहरु दुबैजनाको शव बनाई दिपायल,पिपल्ला तथा राजपुर बजारमा शवयात्रासमेत गरेका थिए । बन्द तथा चक्काजामले मात्र मागको सुनुवाई नभएकाले थप दवाव दिन प्रधानमन्त्रीको पुत्ला दहन गर्नुपरेको आन्दोलनमा सहभागि होटेल ब्यबसायी संघका अध्यक्ष दिपक खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्