१४ वर्षमै यौन शोषण !



काठमाडौं । बलिउड अभिनेत्री बेला थ्रोनले १४ वर्षको उमेरमा यौनहिंसाको चपेटामा परेको बताएकी छन् । नले आफ्नो सामाजिक सञ्जालमा यस्तो बताएकी हुन् । उनले लेखेकि छन्–‘बाल्यकालमा मेरो पनि यौन शोषण भएको थियो ।

मलाई याद छ त्यतिबेला म १४ वर्षको थिएँ ।’ उनले यौन शोषण कसले गर्‍यो भन्‍ने विषय भने उल्लेख गरेकी छैनन् । उनका अनुसार निरन्तर यौनहिंसा हुन थालेपछि उनले एकदिन कोठाभित्र छिरेर ढोका बन्द गरेकी थिइन् । ‘एकदिन मसँग आधारातमा ढोका बन्द गर्ने र ढोका छेउमै सुत्ने आँट आयो । म त्यस्तो शोषण फेरि हुन्छ भन्‍ने डरमा थिए ।

अन्त्य हुने प्रतिक्षामा थिएँ र अन्त्यमा त्यो अवस्था अन्त्य भयो,’ उनको स्टाटसमा उल्लेख छ । २० वर्षीया थ्रोन विभिन्‍न टेलिफिल्म तथा फिल्ममा गरेको अभिनयका कारण चर्चामा छिन् । उनी गायक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्