पिएसजीमा नेयमारको पहिलो ह्याट्रिक, काभानी सर्वाधिक गोलकर्ता



पेरीस, फ्रान्सको लिग १ मा पिएसजीले घरेलु मैदानमा डिजोनलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा नेयमारले ४ गोल गरे भने एन्जल डी मारियाले २ तथा एडिसन काभानी र किलियन बाप्पेले पनि एकएक गोल गरे ।

पिएसजीलाई डी मारियाले खेलको १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यस्तै १५ औं मिनेटमा उनले घरेलु टोलीको अग्रता दोब्बर गरेका थिए । त्यस्तै २१ औं मिनेटमा ३–० बनाएका काभानी पिएसजीका लागि सर्वाधिक गोलकर्ता पनि बने ।एसअघि ज्लाटन एब्राहिमोबीचसँग र काभानीको समान १ सय ५६ गोल छ ।

त्यस्तै हाफ अघि ४२ औं मिनेटमा गोल गरेका नेयमारले दोस्रो हाफमा थप ३ गोल गरे । ५७ औं र ५३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका नेयमारले बाप्पेले ७७ औं मिनेटको गोल पछि ८३ औं मिनेटमा पेनाल्टी मार्फत थप गोल गरे ।

पिएसजीको जितसंगै लिग १ को अग्रस्थानमा ११ अंकको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्