डोटीमा दश राउण्ड हवाईफायर, दुई घाईते



दिपायल । डोटीमा प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप भएको छ । प्रदेशको माग गर्दै आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले दश राउण्ड हवाई फायर गरेको छ ।

फायरबाट आन्दोलनमा संलग्न भरत बिक र पुष्कर द्वारिया घाईते भएका छन् । बिक गम्भिर घाईते भएका छन् ।

आन्दोलनकारीले रोकेर राखेका सवारीसाधन र कार्यलयका साईनबोर्डमा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाईफायर गरेको प्रहरीले जनाएको छ ।

डोटीमा प्रदेशको अस्थायी मुकामको माग गर्दै चर्केको आन्दोलनले उग्ररुप लिदै गएको छ । डोटीका आन्दोलनकारीले बा १ ब ७६३९ नम्बरको सेतो प्लेटको सरकारी मोटरसाईकलमा आगजनि गरेका छन् । आगजनीबाट मोटरसाईकल पुर्ण रुपमा नष्ट भएको छ ।

दिपायलबाट केही आन्दोलनकारी सात नम्बर प्रदेशको मुख्यबजार बुडर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्