नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई मस्ती, सेवाग्राहीलाई सास्ती



हेमन्त पौडेल, कैलाली । जनप्रतिनिधि र कर्मचारीको बेवास्ताका कारण कैलालीको घोडाघोडी नगरपालिका अस्तव्यत बनेको छ । समयमा कर्मचारीहरु कार्यलयमा उपस्थित नहुने, कार्यलयमा हाजिर भए पनि कर्मचारीहरु कार्यकक्षमा नभेटीने, हालै निर्वाचित भएर आएका जनप्रतिनिधि र कर्मचारी विच हुनुपर्ने समन्वयको अभावका कारण नगरपालिका अस्तव्यस्त बनेको हो ।

नगरपालिकाका कर्मचारीहरुले जनप्रतिनिधिहरुलाई नटेर्ने र जनप्रतिनिधीहरुले समेत कर्मचारीहरुलाई रुखो व्यवहार गर्ने गरेको कारण नगरपालिका अस्तव्यस्त बन्दै गए पछी सेवा ग्राहीले भने निक्कै सास्ती भोग्नु परेको छ । अव्यवस्थित नगरपालिका सुधारका लागि आफूहरुले पटकपटक समन्वय गरे पनि मेयर ममता प्रसाद चौधरीले चासो नदिएको घोडाघोडी नगरपालिकाका एक वडा अध्यक्षले बताउनुभयो ।

नाम उल्लखे नगर्ने सर्तमा उहाँले भन्नुभयो ‘नगरपालिकाका कर्मचारीको हेलचक्राईं, सुस्त कार्यसम्पादन तथा सेवाग्राहीलाई दुःख दिने प्रवृति छ ।’ उहाँले भन्नुभयोे, ‘ कर्मचारीहरुले जनप्रतिनिधीहरुलाई अटेर गर्छन् । सेवा ग्राहीहरुलाई अनावश्यक रुपमा दुःख दिन्छ, यस बारेमा कुरा गर्दा मेयर साव कहिल्यै गम्भीर हुनुहुन्न ।’

यस्तै जनप्रतिनिधिहरुले कर्मचारीहरुलाई सही रुपमा काममा लगाउन नसकेको कारण आफूहरुले सेवा लिन सास्ती भोग्नु परेको सेवा ग्राहीहरुले बताएका छन् । कर्मचारीहरुलाई समयमा कार्यालयमा उपस्थित भएर सेवाग्रहीको काममा ध्यान दिन भन्दा पनि जनप्रतिनिधिहरु आफै कार्यालयमा अनुपस्तिथ हुने गरेको एक जना सेवाग्राही चक्र न्यौपानेले बताउनुभयो ।

आफु नागरिकताको सिफारीस गर्न दुई दिन वडा नम्बर १ को कार्यालयमा धाउँदा समेत कुनै कर्मचारी नभेटीएको उहाँले बताउनुभयो । वडा कार्यालमा कर्मचारी र वडा अध्यक्ष कोही नभेटे पछि नगरपालिकाको कार्यालयमा आउँदा समेत मेयर, उपमेयर तथा अन्य कर्मचारी कोही नभेटेको उहाँले बताउनुभयो । यस्तै मेयर÷उपमेयर कार्यालयमा उपस्थित हुनुहुन्छ वा हुदैन भन्ने कुराको जानकारी कर्मचारीलाई हुदैन भने कुन कर्मचारी कार्यालयमा कुन दिन हाजिर छ, या छैन भन्ने जनप्रतिनिधीहरुलाई जानकारी नै हुदैन, उहाँले भन्नुभयो ।

घोडाघोडी नगरपालिकामा रहेका अधिकांश वडा कार्यालय तथा नगरपालिकाको कार्यालयमा कर्मचारी र जनप्रतिनिधिलाई भेटाउनै गाह्रो हुने गरेको नक्सा पासको लागि नगरपालिकाको कार्यालय पुग्नुभएका सेवाग्राही सन्तोष कुँवरले बताउनुभयो । कर्मचारी र जनप्रतिनिधीहरु कोही पनि कार्यालय समयमा कार्यकक्षमा भेटीदैनन् खै किन हो कहाँ जानुहुन्छ उहाँहरु पत्तोनै हुदैन उहाँले भन्नुभयो ।

कार्यलयमा भेटीएका कार्यालय सहयोगिलाई सोध्दा खै हामीलाई थाहा छैन भन्ने जवाफ दिन्छन् उहाँले बताउनुभयो । जनताहरुले नगरपालिका घोषणा भएपछि विगतको भन्दा करिब चार गुणा बढी कर तिर्नु पर्ने बाध्यता रहेता पनी सेवा भने विगतको गाविसको जस्तो पनि नपाएको सेवाग्राहीहरुको गुनासो छ ।

यस्तै स्थानीय निकायको निर्वाचनको समयमा नमुना नगरपालिका बनाउने भन्दै जनतालाई सपना देखाउने जनप्रतिनिधिहरुले नै जनतामाथि बेमानी गरिरहेको स्थानीय टेकेन्द्र शाहीले बताउनुभयो । घोडाघोडी नगरपालिकाका केही जिम्मेवार जनप्रतिनिधिहरुले नातागोता, आफन्त तथा जातीय, भेगीय रुपमा काम गर्ने गरेको भन्दै यसले राम्रो परिमाण नदिने चेतावनी समेत उहाँले दिनुभयो । निर्वाचनको समयमा जनतालाई अनेक उधारो सपना बाँड्ेनहरु अहिले जितेर नगरपालिकामा आएपछी आफु र आफ्ना नजिककाहरुलाई कसरी फाईदा पु¥याउन सकिन्छ भन्ने तर्फमात्र केन्द्री रहेको नगरबासिकोे गुनासो छ ।

कर्मचारी र जनप्रतिनिधीहरु मिलेर नगरको सर्वोपरी हितको लागि काम गर्नु भन्दा पनि एकले अर्कोलाई काम गर्ने वातावरण नदिएको भन्दै पन्छिने गरेका छन् । कर्मचारीहरु जनप्रतिनिधिहरुले अनावश्यक काममा दवाव दिने तथा ऐन, नियमले गर्नै नमिल्ने काम गर्न भन्ने र त्यसो नगरे काममा अवरोध गर्ने गरेको बताउँदै आएका छन् । यस्तै जनप्रतिनिधिहरुले भने विग २० वर्ष जनप्रतिनिधि नहुँदा मनोवली रुपमा भष्टाचार गरेर खाने गरेको र अहिले आफुहरु आएपछि त्यो गर्न नदिँदा नियम कानूनले नदिने भन्दै जनताका काम कर्मचारीहरुले रोक्ने गरेको आरोप लगाउदै आएका छन् ।

नगरपालिकालाई व्यवस्थित गर्ने तर्फ घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई कुनै प्रकारको चाँसो र चिन्तन नभएको जनगुनासो छ । नगरपालिकाको मापदण्ड विपरीत स्थानीयले मुख्य सडक छेउमा दर्जनौँ टहरा बनाएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् । यसलाई जनप्रतिनिधिहरुले देखेको नदेखे जस्तै गरे हिडीरहेका छन् । स्थानिय कमलले भन्नुभयो ‘विभिन्न बहानामा घरटहरा बनाउँछन्,त्यति मात्र होइन पक्की घर निर्माण र तला थप्ने काम पनि स्वीकृति बिनै गरिएको छ, त्यसलाई कानुनी प्रक्रियामा ल्याउन नगरपालिकाले कुनै चाँसोदेखाएको छैन ।’

उता घोडाघोडी नगरपालिकाका मेयर ममाता प्रसाद चौधरीले नगरपालिकामा मितव्ययिता गर्ने आफु मात्र रहेको दावी गर्नु भएको छ । कर्मचारी र उपमेयरदेखि वडा अध्यक्ष सम्म सबै अनावश्यक रुपमा खर्च गर्नु पर्छ भन्ने मानसिकतामा रहेको र यसो गर्न नदिँदा सबैले आफ्नो विरोध गर्दै आएको उहाँले बताउनुभयो । अहिले सम्पूर्ण वडा अध्यक्ष र नगर वोर्डका सदस्यहरु एक तर्फ रहेको र आफु मात्र एक तर्फ भएकोले सोचे जस्तो काम गर्ने नसकेको उहाँले स्विाकार गर्नुभयो । यस्तै नगरपालिकामा कर्मचारी अभाव रहेको र भएको कर्मचारीहरुले समेत आफुहरुलाई नटेर्ने गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्