आमन्त्रित सदस्यका रुपमा गच्छदार कांग्रेस बैठकमा



नेपाल समाचारपत्र, काठमाडौँ ।

निर्वाचनपछि पहिलोपटक बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका नेताहरुको पनि सहभागीता रहेको छ ।

सरकारमा उपप्रधान मन्त्री तथा स्थानीय विकास मन्त्री रहेका विजयकुमार गच्छदार लगायत फोरमबाट कांग्रेस प्रवेश गरेका नेताहरुले बैठकमा सहभागीता जनाएका हुन ।

बैठकमा गच्छदारको तह निर्धारण नहुँदा आमन्त्रित सदस्यका रुपमा उपस्थित भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

उनी हालै कांग्रेसमा प्रवेश गरेकाले उनको तह अहिलेसम्म निर्धारण गरिएको छैन् त्यसैले उनलाई आमन्त्रित केन्द्रीय सदस्य मानिएको बताइएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक बिहिबार साँझसम्मै जारी रहने नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्