एक्लोपन हटाउने मन्त्रालय स्थापना गर्ने बेलायतको एतिहासिक निर्णय



एजेन्सी ।

युरोपेली संघबाट छुट्टिएर एक्लोपन बेहोरिरहेको बेलायतका मानिसका लागि प्रधानमन्त्री टेरिजा मेले एक ऐतिहासिक निर्णय लिएकी छन् । उनले बुधवार मन्त्रिमण्डलमा मानिसको एक्लोपन हटाउने एक नयाँ मन्त्रालय स्थापना गर्ने निर्णय लिएको अन्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

उक्त विभागले मानिसको एक्लोपन हटाउने प्रयत्न गर्नेछ । बेलायत युरोपेली संघबाट छुट्टिएको एक वर्ष बितिसकेको छ । यसबीचमा बेलायत एक्लो भएको विषय चर्चामा रह्यो । त्यसपछि बेलायती प्रधानमन्त्रीले हतारमा एक्लोपन मन्त्रालय अर्थात् मिनिस्ट्री अफ लोन्लीनेस गठन गर्ने निर्णय गरिन् ।

संस्कृतिमन्त्री ट्रेसी क्राउचले यो विभाग चलाउनेछिन् । नियुक्ति घोषणाका क्रममा प्रधानमन्त्री मेले आधुनिक जीवनका कारण धेरै मानिसमा एक्लोपनको समस्या रहेको बताइन् । आफूहरूले मिलेर यस चुनौतीको सामना गर्ने र आफूलाई एक्लो ठान्ने मानिसहरूलाई सहायता गर्ने उनले बताइन् ।

सन् २०१७ को एक्लोपन आयोगले गरेको अनुसन्धानअनुसार, बेलायतमा ९० लाखभन्दा बढी मानिस धेरै वा जहिलेपनि एक्लोपन अनुभव गर्छन् । अनुसन्धानमा लगभग दुई लाख वृद्धहरूले एक महिनाभन्दा बढी समयदेखि कुनै साथी वा नातेदारसँग कुरा नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्