कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै छ । सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा चुनावको तयारी र सम्पन्न प्रदेसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनको समिक्षा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्