छुद्रग्रहका कारण भूकम्पको धक्का



मिचिगन, (एजेन्सी)
दक्षिणपूर्वी मिचिगनका बासिन्दाले मंलगबार राती आकाशमा चम्किलो प्रकाश देखेलगत्तै हल्का भूकम्पको धक्का महसुस गरे। कसैले यसलाई बाह्य ग्रहको यान ‘फ्लाइङ ससर’, कसैले ‘उल्का’ भने। त्यसको केही समयपछि नै नेसनल वेडर सर्विसले उक्त रहस्यको समाधान दिए। उसले ट्विटमा अमेरिकी भूगर्भ सर्वेक्षणले राति स्थानीय समय ८ बजेर १० मिनेट जाँदा एउटा छुद्रग्रह खसेका कारण २ म्याग्निच्युडको भूकम्प आएको पुष्टि गरेको जानकारी दिए।

अमेरिकी भूगर्भ सर्वेक्षणले मिचिगनको न्युहेवनबाट ५ माइल दक्षिणपश्चिममा भूकम्पको केन्द्रविन्दु रहेको जनाएको छ। उक्त घटनाका प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले कुतूहलतापूर्वक सामाजिक सञ्जालमा उक्त चम्किलो प्रकाशको भिडियो फुटेजलाई सेयर गरेका थिए। शुरूमा मौसम विभाग आफै शुरूमा उक्त घटनाबाट अनविज्ञ भएको जनाइएको छ।

उक्त घटनाको डाटालाई कयौंपटक अवलोकनपछि मौसम विभागले उक्त प्रकाश र आवाज चट्याङ वा मेघगर्जन नभएको पुष्टि गरेका थिए। खगोलीय एजेन्सीहरुले दिएका डाटाको गहन अध्ययनपछि अधिकारीहरुले त्यो एउटा छुद्र ग्रह भएको पुष्टि गरे। अमेरिकन मेटेओर सोसाइटीले उक्त छुद्रग्रह ६ वटा राज्य र क्यानाडाबाट देखिएको नक्सा दिएको छ।

प्रतिक्रिया दिनुहोस्