हज सहुलियत खारेज



नयाँदिल्ली, (एजेन्सी)
भारतका अल्पसंख्यक मामिलाका केन्द्रीय मन्त्री मुख्तार अब्बास नकवीले हज यात्रामा दिँदै आइरहेको सहुलियत अन्त्य गर्ने सरकारले फैसला गरेको पुष्टि गरेका छन्। हिन्दू राष्ट्रवादी भाजपाका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको उक्त फैसलालाई लिएर एआईएमआईएम सांसद असदुद्दिन ओवैसीले त्यसको आलोचना गरेका छन्। उनले सरकारलाई अन्य स्थानमा धर्मका नाममा बाँध्ने गरेको पैसा पनि रोक्न चुनौती दिएका छन्। सर्वोच्च अदालतले उक्त सहुलियत सन् २०२२ सम्ममा रोक्नुपर्ने आदेश दिएको थियो। यो वर्षको बजेटमा हज सहुलियतका लागि २ अर्ब रुपियाँ छुटइइएको र यो बजेटको अत्यन्तै सानो अंश भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्