सात प्रदर्शनकारी मारिए



याँगुन, (एजेन्सी)
म्यान्मारको समस्याग्रस्त रखाइन राज्यमा प्रहरीले बौद्धमार्गी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा सात जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ। प्राचीन आराकान अधिराज्य पतन भएको स्मरणमा मनाइने वार्षिक कार्यक्रममा प्रतिबन्ध लगाइएपछि त्यसको विरोध गर्न अघिल्लो दिन मारुक युमा चार हजारभन्दा बढी रखाइन बौद्ध समुदायका व्यक्ति जम्मा भएपछि हिंसा शुरू भएको थियो। सोही घटनामा घाइते भएका अन्य थुप्रै व्यक्तिलाई अस्पताल पुर्याइएका छन्। विभिन्न जातीय समूह रहेको रखाइनका केही समूहले सरकारविरुद्ध नै हतियार उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्