मुटुको क्याथ ल्याब सेवा शुरू,दुई बिरामीको निःशुल्क एनजिओग्राफी



पुष्कर बुढाथोकी, भक्तपुर
मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट मुटुको क्याथ ल्याब सेवा शुरू गरेको छ। केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मानवका विभिन्न अंग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना भएको मानव अंग प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपण गर्दै सरकारको ८ करोडको लागतमा ल्याएको अत्याधुनिक प्रविधि युक्त मेसिनले क्याथल्याब सेवा शुरू गरेको बताउनुभयो।

केन्द्रमै मुटुको सेवा सञ्चालन गर्नु भक्तपुरका बासिन्दाका लागि खुसीको कुरा भएको बताउँदै मिर्गौला र कलेजो मात्रै होइन, भविष्यमा मुटु र फोक्सोसमेत प्रत्यारोपण गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो।
‘मुटुको एनजिओग्राफी, एनजिओ प्लास्टरदेखि मुटुको ओपन हार्ट सर्जरीसमेत नभई मुटु प्रत्यारोपण गर्न सकिँदैन, यसका लागि हामी प्रयासरत छौं’ –उहाँले भन्नुभयो। केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै, एनजिओग्राफी बन्द मुटुको नशामा खुलाउने, एनजिओप्लास्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवाहरू शुरू गरेको हो।

केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलोपटक सूर्यविनायक नगरपालिका–४ दधिकोटकी ५० वर्षकी विमला न्यौपानेको मुटुको एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ। त्यसै गरी मध्यपुर थिमिका ३७ वर्षका अष्टलाल डंगोलको पनि मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ। पहिलो सेवा भएकाले केन्द्रले निःशुल्करूपमा न्यौपाने र डंगोलको एनजिओग्राफी गरेको हो। केन्द्रका निर्देशक डा. श्रेष्ठले मानवका विभिन्न अंगहरू प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना भएको मानव अंग प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपण गर्दै सरकारको रु. ८ करोड लागतमा ल्याएको अत्याधुनिक प्रविधियुक्त मेसिनले क्याथल्याब सेवा शुरू गरेको बताउनुभयो। केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै, एनजिओग्राफी बन्द मुटुको नशामा खुलाउने, एनजिओप्लास्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरू गरेको हो।

केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलोपटक सूर्यविनायक नगरपालिका–४ दधिकोटकी ५० वर्षकी विमला न्यौपानेको मुटुको एनजिओग्राफी सफलतापूर्वक गरेको छ। त्यसै गरि मध्यपुर थिमिका ३७ वर्षका अष्टलाल डंगोलको पनि आजै मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ। पहिलो सेवा भएकाले आज केन्द्रले निःशुल्करूपमा न्यौपाने र डंगोलको एनजिओग्राफी गरेको हो।

एनजिओग्राफी सम्पन्न गरेसँगै सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले भक्तपुरमा सफलतापूर्वक एनजिओग्राफी गरेको बताउँदै उहाँले मुटुरोगीको संख्या बढ्दै गएकाले यस्ता सेवा अन्य जिल्लामा पनि विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो– ‘नेपालमा दैनिकरूपमा मुटुरोगीको संख्या बढ्दै गएको छ, त्यसको अनुपातमा मुटुको उपचारको सेवा विस्तार हुन सकेको छैन, यस्ता सेवालाई अन्य प्रदेशमा पनि सञ्चालन गर्न जरुरी छ।’ केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुरले अब भक्तपुर र पूर्वका बिरामीले मुटुको उपचारका लागि अन्यत्र जानु नपर्ने बताउनुभयो। उहाँले मुटुको परीक्षणसँगै एनजिओग्राम, मुटुको नशामा बन्द भए बेलुनबाट फुटाउने एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँगसम्बन्धी सेवा लिन अब अन्यत्र जानु नपर्ने बताउनुभयो। डा. ठाकुरले भन्नुभयो– ‘यहींबाट मुटु रोगसम्बन्धी अधिकांश सेवा दिन सकिने भएको छ, यस मेसिनबाट एनजिओग्राफी, मुटुको नशा ब्लक भएको छ कि छैन हेर्ने, नशा ब्लक छ भने स्टेन्डअर्थात् जाली हाल्ने, पेस मेकर गर्ने, भल्वको समस्या छ भने त्यसलाई बेलुनबाट खुलाउने अर्थात् पीटीएमसी जस्ता सेवाहरू दिन सकिन्छ, जनशक्ति उपलब्ध भए मुटुको भल्वसमेत फेर्न सकिन्छ।’

यसका साथै न्युरोको एनजिओग्राफी, रेनल एनजिओग्राफीलगायतका अन्य सेवा पनि सञ्चालन गर्न सकिने बताउँदै उहाँले आवश्यक जनशक्ति उपलब्ध भएमा यस मेसिनले नेपालमा उपलब्ध हँुदै आएको मुटुसम्बन्धी सबै सेवा सञ्चालन गर्न सकिने बताउनुभयो। मुटु रोगको अतिरिक्त केन्द्रमा उपलब्ध हुँदै आएको सर्मुला एनजिओग्रामीलगायतको सेवा पनि दिन सक्ने भएको छ। शहीद गंगालाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोथेरासिस एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले दिँदै आएको सेवामा बिरामीको चाप बढेकाले त्यहाँ पालो कुरेर बस्नुपर्ने बिरामीलाई केन्द्रले सेवा दिन सक्ने भएको छ।

उहाँले भन्नुभयो– ‘गंगालाल र मनमोहनमा ओभर फ्लो भएका, त्यहाँ पालो कुर्नुपर्ने बिरामीलाई सरकारी शुल्कमै यहाँ सेवा दिन सकिन्छ, सस्तो सेवा भएकाले भक्तपुरका जनतालाई मात्रै नभई नेपालमा मुटुका बिरामीलाई यसले निकै राहत दिन्छ।’ कम्तीमा थप ५ जना चिकित्सक र नर्स एवं प्राविधिक जनशक्ति थप गर्न सके नियमितरूपमा सेवा दिन सकिने उहाँको भनाइ थियो। आवश्यक जनशक्ति र शैय्या थप गर्न सके आकस्मिक उपचारसमेत शुरू गर्न सकिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्