‘ग्लोबल वार्मिङ’को असर एथ्लेटिक्समा



काठमाडौं, (एजेन्सी)
विश्वव्यापी तापमानमा आएको नकारात्मक असरको प्रभावबाट खेल क्षेत्र पनि अछुतो रहेको छैन। ग्लोबल वार्मिङको प्रत्यक्ष असर समाजसँगै खेलकुदमा पनि परेको वैज्ञानिकहरूको लामो अध्ययनले पुष्टि गरेको छ। ग्लोबल वार्मिङका कारण म्याराथनमा छोटो वा लामो दूरीमा अब कुनै नयाँ विश्व कीर्तिमान बन्न नसक्ने वैज्ञानिकहरूले दाबी गरेका छन्। वैज्ञानिकका अनुसार नयाँ कीर्तिमान बन्ने सम्भावना कम हुनुमा ग्लोबल वार्मिङ नै हो।

पृथ्वीको तापमान वृद्धिसँगै खेलाडीको क्षमतामा कमी आउन थालेकाले विश्व रेकर्ड तोड्न नसक्ने पनि वैज्ञानिकहरूले बताएका छन्। सबैभन्दा राम्रो प्रदर्शन गर्ने क्षमता ग्लोबल वार्मिङले गर्दा उच्च बिन्दुमा पुगिसकेको छ। अहिले जति पनि म्याराथन र दौडमा कीर्तिमान राखेका छन्, त्यसलाई शारीरिक क्षमताले तोड्न नसक्ने पनि वैज्ञानिकहरूको एक अनुसन्धानले देखाएको छ। डोपिङ या अन्य प्रविधिको सहयोग भएमा मात्र नयाँ–नयाँ कीर्तिमान बन्दै जाने वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्।

वैज्ञानिक र विशेषज्ञहरूले २० वर्षको दौरानमा न्युयोर्क, लन्डन, सिकागो, बोस्टन, बर्लिनमा भएको विश्व एथ्लेटिक्स र ओलम्पिकमा भएको ९ सयभन्दा बढी म्याराथन प्रतियोगिताको समापनका समयमा मापन गरेको समयलाई विश्लेषण गरिएको हो।

यस २ दशकअघिका प्रतियोगितामा बनेका रेकर्डहरू अब तोडिने संभावना कम रहेको तथ्य सार्वजनिक भएको हो त्यसैले अहिले विश्वमा बढिरहेको तापमानले गर्दा खेलाडीले सर्वश्रेष्ठ प्रदर्शन गर्न नसक्ने अवस्थामा पुगेका छन्। १२ डिग्री सेल्सियसको तापमानमा सबैभन्दा बढी छिटो दौड्न सक्ने वैज्ञानिकहरूले बताएका छन।

प्रतिक्रिया दिनुहोस्