फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले बुधबार पुनः पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि गरेको छ ।

पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाईएका निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

नयाँ मूल्य बुधबार राती १२ बजे बाट कार्यान्वयनमा आउने भट्टराईले जानकारी दिए । ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन । केही दिन अगाडी मात्र मुल्यबृद्धिको बिषयलाई लिएर विरोध प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्