तोकियो अस्थायी राजधानी र प्रदेश प्रमुख



नेपाल समाचारपत्र, काठमाडौँ ।

बुधबारको बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ ।

प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी राजधानी तोकिएको स्रोतले जनाएको छ ।

बैठकले प्रदेश प्रमुख पनि तोकेको छ । बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा , प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला, प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवर , प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा , प्रदेश नम्बर ६ को प्रमुखमा दुर्गा खनाल र ७ को प्रमुखमा मोहनराज मल्ललाई तोकिएको एक मन्त्रीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्