रिपोटर्स क्लवको अध्यक्षमा सिम्खाडा



कालीवहादुर मल्ल, कालिकोट । रिपोटर्स क्लव नेपाल कालिकोटको तेस्रो जिल्ला अधिवेशनवाट क्रियाशिल पत्रकार विश्वनाथ सिम्खाडाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ ।

शान्ति समृद्धि र विकासका लागि सञ्चार भन्ने मुल नाराका साथ बुधवार जिल्ला सदरमुकाम खाँडाचक्रमा सम्पन्न जिल्ला अधिवेशनवाट उपाध्यक्षमा रमेश वोगटी,सचिवमा साधना शाही,कोषाध्यक्षमा पवित्रा जैसि लगाएत ११ सदस्यीय कार्य समिति सर्वसहमतिले चयन भएको हो ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पोण्डेको प्रमुख आतिथ्यता र लंक धमालाको अध्यक्षतमा सम्पन्न अधिवेशनवाट निर्वाचित नया नेतृत्वले कालिकोटको विकास र सुशासनका सवालको उठान गर्ने प्रतिवद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्