विज्ञ समितिको निश्कर्षः बन्दै गरेको संरचना भत्काउनु पर्छ



ईश्ववरराज ढकाल, काठमाडौं । रानीपोखरी पुननिर्माणका सम्बन्धमा देखिएको विवाद समाधान गर्न बनेको विज्ञहरुको समितिले प्रताप मल्लको पालाकै शैलीमा निर्माण गर्न सिफारिस गरेको छ ।

पोखरी र सँगै रहेको बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न विज्ञहरुको समितिले सिफारिस गरेको हो । समितिको प्रतिवेदनमा मन्दिर रानीपोखरी पनि प्रताप मल्लकै पालाको जस्तै निर्माण गर्नुपर्ने र मन्दिरलाई ग्रन्थकुट (शिखर) शैलीमा निर्माण गर्नुपर्ने सिफारिसमा उल्लेख गरिएको छ ।

साथै रानी पोखरीमै कंक्रिटको प्रयोग गरेर निर्माण गरिएका भौतिक संरचनाहरु पनि हटाउने सिफारिस गरिएको संयोजक कार्कीले बताउनुभएको छ ।

विज्ञ समूहले मन्दिर जाने पोखरी भित्रको पुललाई पनि मल्लकालीन शैलीमै बनाउन सुझाव दिएको छ । पोखरीको पानीको स्थायीत्वका लागि पानी विज्ञ सँग सुझाव लिन पनि विज्ञ समूहले सुझाव दिएको छ । त्यस्तै लागत र सामाग्रीको अर्डर गरेर तत्कालकाम शुरु गर्न, रानी पोखरी परिषर बाहीर रहेका मन्दीहरुलाई रानी पोखरी भित्रै राख्न, अहीले बनाईरहेको सम्पूर्ण संरचना भत्काउन सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्