प्रदेश प्रमुख र मुकामको टुंगो चाँडै लगाउ



काठमाडौं ।  बुधबार बसेको नेकपा एमालेको स्थायी कमिटि बैठक सम्पन्न भएको छ । बैठकले सत्तासिन दल नेपाली कांग्रेसलाई प्रदेश प्रमुख र अस्थायी मुकामको बिषयमा चाँडै टुंगो लगाउन आग्रह गरेको छ ।

पछिल्लो समय सरकारले जथाभाबी गरिरहेको विभिन्न क्षेत्रको नियुक्ति र रकामान्तर नगर्न समेत एमालेले आग्रह गरेको बैठकमा सहभागी नेताले बताए ।

सत्तामा रहुन्जेल संविधानको भावना र मर्म अनुरुप कार्य गर्न सरकारलाई एमालेले आग्रह गरेको छ । बैठक पार्टि कार्यालय धुम्बाराहीमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्