‘लगानी प्रतिफलको ग्यारेण्टी चाहियो’



शेरबहादुर थापा, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले निजि क्षेत्रले व्यवसायमा प्रतिफलको ग्यारेण्टी गर्न सके केहि प्रतिशत रकम नगरपालिका लगानि गर्न तयार रहेको बताएका छन् ।

उनले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद तथा वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रुपमा बुधबार आयोजना गरेको इन्श्योर र एनक्यूएसका सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् । नगरप्रमुख सुवेदीले अबको विकास भौतिक पूर्वाधारको मात्रै नहुने बताए । उनले भने, ‘अबको विकास भनेको रोजगारीको सिर्जना, आर्थिक रुपान्तरण, मानव संशाधनको सिवकास र आर्थिक समृद्धिको पाटोमा अगाडी बढ्ने आधार हो ।’

यसका लागि नीजि क्षेत्रसँग नगरपालिका लगानी गर्न तयार रहेको तर नीजि क्षेत्रले यसको आगामी सकारात्मक प्रभावबारे आफूहरुलाई आश्वस्त पार्नुपर्नेमा जोड दिए । उनले भने, ‘ सरकारको पैसा सोझै निजि क्षेत्रलाई दिन नसकिने, दिएपनि कार्यान्वयनको अवस्था कसरी जाँच्ने, आफूहरु अलमलमा रहेका छौं ।’

प्रमुख सुवेदीले अब स्थानीय सरकारले नयाँ नीति बनाउने र उक्त नीति बनाउँदा महिला, पिछडिएको वर्गलाई कसरी रोजगारीमा जोड्न सकिन्छ भन्नेमा ध्यान दिईने उनको भनाई थियो । यस्तै उनले सीप परिक्षण केन्द्रले समाजमा रहेका तर मुलधारमा नआइसकेका सीपवान व्यक्तिलाई पनि सर्टिफिकेट दिनुपर्नेमा जोड दिए ।

उनले करिब २ लाख भन्दा बढीलाई सीप प्रमाणपत्र प्रदान गरेपनि उसको सिपले बजारीकरणमा कस्तो प्रभाव पारेको छ, उ नेपालमै छ की अन्तै छ भन्ने लेखाजोखा समेत राख्नुपर्ने बताए । उनले नगरमा रोजगारी सिर्जना गर्छु भनेर आउने जोसुकैसँग पनि सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रमलाइृ सम्वोधन गर्दै उपप्रमुख मोहनमाया ढकालले छलफलमा उठेका कुराहरुलाई कार्यान्वयनमा लेजाने प्रतिबद्धता व्यक्त गरिन् । उपप्रमुख ढकालले निजि क्षेत्रले आगामी दिनमा महोत्सव आयोजना गरेको खण्डमा स्थानीय उत्पादनलाई नै बढी भन्दा बढी प्राथमिकता दिनुपर्नेमा जोड दिईन ।

उनले भनिन, ‘विगतमा हामीले महोत्सवमा सस्ता सामान किन्न पाईन्छ भनेर लाम लाग्ने संस्कार थियो । अब स्थानीयले बुनेका, सिलाएका सामानहरु पाईन्छ भन्ने सन्देश जानेगरि महोत्सव आयोजना गर्न आयोजकलाई मेरो सुझाव छ ।’ यसकालागि बरु निजि क्षेत्रले उनीहरुलाई पर्याप्त मात्रामा कच्चा पदार्थको व्यवस्था गरिदिनुपर्ने बताईन ।

कार्यक्रममा जनज्योति मावि बड्डिचौरका प्रअ नारायण सिग्देलले सिटिइभिटिमा अध्ययन गर्ने विद्यार्थीले कोर्स पुरा गर्दै गर्दा कमाउने वातावरण तयारु गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थी हरेक महिना नेपालमा पैसा पठाउन सक्ने तर हाम्रोमा हामी त्यस्तो कार्य किन गर्न नसक्ने ?’ उनले यसबारेमा सोच्न र आवश्यक पाठ्यक्रममा सुधार गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गरे ।

यता, सुर्खेत उद्योग वाण्ज्यि संघका अध्यक्ष प्रकाश अधिकारीले ग्यारेण्टि दिएर कोही व्यक्ति पनि व्यवसायमा आउन नसक्ने बताए । उनले भने, ‘मेयरसाबले भनेजस्तै हामी लगानी प्रतिफलको पहिले नै ग्यारेण्टी दिन सक्दैनौं । बरु नगरपालिकाले यस सन्दर्भमा पार्टनर बन्न सक्ने, अनुगमन गर्ने गर्न सक्छ ।’ उनले नगरपालिकाले नगरका २० वडालाई ओधौगिक क्षेत्रको रुपमा अघि बढाउन विस्तृत अध्ययन गर्नुपर्ने सुझाव दिए । यसकालागि आवश्यक सहयोग गर्न, सहकार्य गर्न निजि क्षेत्र तयार भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा हेल्भेटासका मोना शर्मा, सिटिइभिटिका निर्देशक महेश भटराईलगायतले भनाई राखेका थिए । कार्यक्रममा वीरेन्द्रनगरका वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, व्यापारी, पत्रकारलगायतको सहभागिचता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्