बैतडीमा राप्रपा (राष्ट्रबादी)ले निर्वाचन खर्च विवरण बुझाएन



विनोद सिंह विष्ट, बैतडी । गत मंसिरमा सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीवाट सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पाटी(राष्ट्रबादी)ले आफ्नो निर्वाचन खर्च विवरण पेस गरेको छैन ।

निर्वाचन परिणाम प्रकाशित भएको ३५ दिनभित्र निर्वाचन खर्च पेस गर्नुपर्ने भएपनि बैतडीवाट प्रतिनिधि सभा सदस्यका लागी प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)का तर्फवाट उम्मेदवार बनेका त्रिलोक बहादुर चन्दले अझै पनि नबुझाएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद पुmँयालका अनुसार गत मंसिर १० मा सम्पन्न पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका १२ जना उम्मेदवार मध्ये एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)का तर्फवाट उम्मेदवार बनेका चन्दको मात्रै खर्च बिवरण पेस गर्न बाँकी रहेको छ ।

खर्च विवरण पेस गर्ने उम्मेदवारहरुमा प्रतिनिधि सभाका लागी नेपाली कांग्रेसवाट उम्मेदवार बनेका नरबहादुर चन्द(२४ लाख ३६ हजार ३ सय ),नेकपा एमालेका दामोदर भण्डारी(१७ लाख ४० हजार), विवेकशील साझाका नारायणदत्त अवस्थी(१ लाख ४५ हजार) र राष्ट्रिय जनमोर्चाबाट विरेन्दसिह भण्डारी(१ लाख ४५ हजार २ सय ) रहेका छन्।

यस्तै प्रदेशसभा “क” वाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी(१४ लाख ८८ हजार), माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट(१४ लाख ५१ हजार ५ सय ),राष्ट्रिय जनसमाजवादी पार्टीका भगीरथसिंह कुवर(५ लाख ५३ हजार),राष्ट्रिय जनमोर्चाका अर्जुनसिंह मडै(४८ हजार),राष्ट्रिय मुक्ति आन्दोलन नेपालका दिलिपराज पाण्डेले(७ लाख ११ हजार ५ सय ) आफ्नो निर्वाचन खर्च बुझाएका छन् । यसैविच प्रदेश सभा “ख” मा राप्रपाका तर्फवाट उम्मेदवार बनेका गणेश चन्द(१४ लाख ८८ हजार) र एमालेबाट उम्मेदवार बनेका लीलाधर भट्टले(१४ लाख ५१ हजार ५ सय) आप्mनो निर्वाचन खर्च पेस गरेका छन् ।

निर्वाचन खर्च पेस गर्ने सबै उम्मेदवारहरुले निर्वाचन आयोगको सीमाभन्दा कम खर्च भएको विवरण पेस गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवारले २५ लाख तथा प्रदेश सभा सदस्यका उम्मेदवार १५ लाख सम्म खर्च गर्नसक्ने निर्वाचन आयोगले सिमा तोकेको थियो ।
मंसिर २१ गते साँझ ५ बजेदेखि मतगणना सुरु भई मंसिर २३ गते अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो ।

प्रनिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा(४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४)मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको निर्वाचन अधिकारी फँुयालले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणाली बमोजिम भएको निर्वाचनमा सहभागी भएका उम्मेदवारहरुले उल्लिखित कानूनी व्यवस्था बमोजिम निर्वाचनको सिलसिलामा आफूले गरेको निर्वाचन खर्चको विवरण निर्दे्शिका, २०७४ को अुनसूची ९२ बमोजिमको ढाँचामा पेस गर्न अनुरोध गरेको हो ।

निर्वाचनको परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालय क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण नबुझाउने दल तथा उम्मेदवारलाई आयोगले कारबाही गर्नसक्ने कानुनी समेत रहेको व्यवस्था छ । बैतडीमा पहिलो चरण अन्तर्गत मंसिर १० गते प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो ।

प्रदेश सभाको लागी २ र प्रतिनिधि सभाको लागी १ निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना उम्मेदवार बनेका थिए ।
बैतडीवाट प्रतिनिधि सभामा नेकपा एमालेका नेता तथा पुर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी विजयी हुनुभएको हो भने प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका पे्रम प्रकाश भट्ट र प्रदेश सभा ख मा नेकपा एमालेका लिलाधर भट्ट विजयी भएका हुनुभएको हो ।

खर्च विवरण पेश गर्न बाँकी रहेको उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालय बैतडीले अनुरोध समेत गरेको छ । चुनावको प्रचारशैली र तडकभडक हेर्दा आयोगले तोकेको सीमाले चुनाव खर्च पुग्न सक्नेमा यहाँका मतदाता शंकित रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्