मध्यपान र धु्रमपानमा फस्दै लोपोन्मुख राउटे समूदाय



हिक्मत नेपाली, दैलेख । ‘आफुलाई बोटको राजा र अरुलाई कोटको राजा’ भन्न मन पराउने राउटे समुदायका एक यूवा केही दिन अगाडी दैलेख सदरमुकाममा भेटिए । झट्ट हेर्दा निकै हतारमा देखिएको ति यूवा सदरमुकामको एक होटलमा पसे ।

आफ्नै पहिरनमा हतारिरदै होटलमा पसेको ति राउटे युवाले होटल सचालक संग केहि कुरा गर्न खोज्दै थिए । होटल संचालक संगको छोटो कुराकानी गरेको ति यूवा एउटा टेबलमा गएर बसे । होटल संचालकले एउटा सिसाको गिलासमा मदिरा थमाए । मदिरा पिएर हतार हतार ति राउटे समूदायका यूवा हाटेलबाट बाहिरिए ।उनि राउटे समुदाय बस्दै आएको स्थानबाट केहि दिन अगाडी दैलेख सदरमुकाम आएका थिए ।

सहरी क्षेत्रमा पसेका ति यूवालाई समुदायका अन्य यूवाहरु खोजीका लागि दैलेख सदरमुकाम सम्म पनि आएका थिए । यो दैलेख सदरमुकाममा आउने राउटे यूवाको एक प्रतिनीधिमुलक घटना मात्रै हो । ति यूवा जस्तै समुदायका अन्य पूरुषहरु बसोबास गर्दै आएको स्थानको वरिपरि मध्यपान तथा धु्रमपान गर्ने गरेको स्थानीय बासी बताउछन् ।

नेपालको लोपोन्मुख जातिको नाममा सूचीकृत यो समुदायका यूवाहरु पछिल्लो समय मध्यपान र धु्रमपानको लतमा फस्दै गएको छन् । समुदायका प्राय यूवाहरु मध्यपान र धु्रमपानको कुलतमा फसिरहेका छन् । आफ्नै समुदायका घरेलु मदिरा बनाएर खाने गरेका राउटे समूदायका यूवाहरु अहिले बजारमा पाइने मदिरा प्रयोग गर्ने गरेका छन् । समूदायमा जाने जो कोहि व्यक्ति संग पनि केहि रकम माग्ने र उक्त रकमले मदिरा र सुर्तीजन्य बस्तु किनेर खाने बानी परेका छन् ।

एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई बिरामी हुने तथा राउटे समुदायको परम्परामा कोही मान्छे मर्ने बित्तिकै ठाउँ छाड्ने गरेका राउटे समुदाय अहिले दैलेख जिल्लाको महावुगाउँपालिका वडा नंं ३ बासीको इनेदुला (छामघाट खोलाकाृ किनारमा बस्दै आएका छन् ।

जंगलमा पाइने कुकाठबाट कोसी, मधुश, आरी र खाट बनाएर जिविकोपार्जन गर्दै आएका राउटे समूदाय अहिले त्यस्ता सामाग्री संग मदिरा साट्न समेत तयार हुने गरेको दैलेख बासीका झलक भण्डारीले बताए । स्थायी बसोबास, खेतीपाती, लेखपढ लाई महाशत्रु ठान्ने राउटे समूदाय विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले प्रदान गरेका सामग्री समेत बेचेर मदिराजन्य पदार्थ सेवन गर्ने गरेको भण्डारीले बताए ।
अहिले पनि खेतीपाती लेखपढ स्थायी बसोबास गर्नाले धेरै दुःख हुने त्यो समुदायको बुझाइ छ ।

स्वास्थ्य संस्थामा नगएर जडीबुटीले नै चोटपटक बिरामी परेकालाई निको पार्दै आएका राउटे समूदाय पछिल्लो समय अस्पतालको औषधी गर्न सम्म पाएका छन् तर कुलतमा भने फस्दै आएको पाइएको छ । जंगलमै कन्दमुल खाएर जीवन निर्वाह गर्ने जाति जडीबुटीमा अधिक विश्वास राख्ने राउटे समुदाय अहिले सामाजिक संघ संस्था र सरकारकै मुख ताक्ने गरेका छन् ।

गत शनिवार खाद्यान्न र कम्बल वितरणका लागि राउटे बस्तीमा पुुगेका दैलेखका प्रमुख जिल्ला अधिकारी र भैरवी गाउँपालिका दैलेखका अध्यक्ष सहितको टोलीले राउटे मुखियाहरु संग परिवर्तन हुन आग्रह गरेका थिए । दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले राउटे मुखियाहरुसंग समुदायका बालबालिकाहरुलाई विद्यालय पठाउन आग्रह गर्दा, राउटे मुखिया सुर्यनारायण शाहीले समय लाग्छ भन्ने जवाफ फर्काए । त्यहाँ पुगेका भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले मदिरा प्रयोग धेरै भयो, कम गर्नुस भन्दा, राउटे समूदायका मुखिया सुर्यनारायणले भने ‘कम्पनीले खानकै लागि बनाएको हो, हामी खान्छौ ’ । भन्ने जवाफ फर्काए ।

राउटे समूदायका अर्का मुखिया नैन बहादुर शाहीले हामीले मान्दै आएको चलनलाई छोड्न सक्दैनौ, विस्तारै परिवर्तन हुने जवाफ दिए ।
फिरन्ते जिवन विताउदै आएका राउटे समुदायसुदूर पश्चिमका केही जिल्ला र मध्यपश्चिमका १५ जिल्लाका जंगलमा बसोबास गर्दै आएका छन् । उनिहरु अहिले दैलेखको महावुगाउँपालिका वडा नं. ३ बाँसीको इनेदुला (छामघाट खोलाको किनार) मा ४६ घरपरिवार का १ सय ७५ जना राउटे समूदाय बसोबास गर्दै आएका छन् । यस अघि दैलेखको भैरवी गाउँपालिका वडा नं. ५ को सैनचौरमा बसोबास गर्दै आएका राउटे समूदाय केहि महिना अगाडी मात्रै छामघाट खोलाको किनारमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्