मलिक मैदानमै ढले



लन्डन, (एजेन्सी) । पाकिस्तानी अल राउन्डर शोयब मलिक टाउकोमा बलले लागेपछि मैदानमै बेहोस भएका छन् । शोयबलाई मंगलबार हेमिल्टनमा भएको न्युजिल्यान्डविरुद्धको खेलमा चोट लागेको हो । न्युजिल्यान्डका कोनिन मुन्रोले बल थ्रो गर्दा ३५ वर्षीय क्रिकेटरले हेल्मेट लगाएको थिएन । बल सीधै उनको टाउकोमा लाग्यो र मैदानमै ढलेको जनाएको थियो ।

केही बेरको उपचारपछि शोयब फेरि ब्याटिङमा फर्के तर उनी ६ रनमा आउट भएका थिए । विश्राम लिनको लागि उनी बलिङमा मैदानमा आएनन् । न्युजिल्यान्डले यो खेल पनि जितेर पाकिस्तानविरुद्धको पाँच वानडेको सिरिजमा ४–० को अग्रता बनाएको छ । पाँचौ तथा अन्तिम वानडे शुक्रबार वेलिंगटनमा खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्