पिताका कारण छोरा बचे



सिड्नी, (एजेन्सी)
आफ्नो पिताले समयमै अपनाएको सुझबुझको कारण एक अस्ट्रेलियाली किशोरको ज्यान जोगिएको छ। छोरो दुर्घटनामा परेको हुनसक्ने ठानेर ती पिताले तत्कालै एउटा हेलिकोप्टरबाट खोजी गर्दा १७ वर्षीय स्यामुयल लेथव्रिजलाई दुर्घटनाग्रस्त कारको भग्नावशेषबाट उद्धार गरिएको थियो।
आइतबार न्यु साउथवेलसको राजमार्गबाट हिँडेको उनको कार ३० घण्टासम्म दुर्घटनामा फसेको प्रहरीले जनाएको छ। सोही दिन एक जना साथीकहाँ निर्धारित समयमा लेथव्रिज नपुगेपछि उनका परिवारले प्रहरीलाई सूचित गरेका थिए। ५ वर्षअघि पनि यस्तै एउटा कार दुर्घटना भएको सम्झेर उनका पिता टोनी लेथव्रिजले एउटा हेलिकोप्टर भाडामा लिएर खोजी गर्ने निर्णय गरेका थिए।

उनले छारोको उद्धार भइसकेपछि स्थानीय नेटवर्क च्यानल सेभेनलाई भनेका छन्– ‘पाँच वर्षअघि भएको यस्तै एउटा कार दुर्घटनामा ५ दिनसम्म पनि उद्धार टोली पुग्न नसकेको कारण एक व्यक्तिको मृत्यु भएको थियो। म त्यस्तो घटना नदोहोरियोस् भन्ने पक्षमा थिएँ। हुन पनि हेलिकोप्टरले खोजी गरेको १० मिनटेभित्रै हामीले उनलाई भेटायौं।’
सिड्नीदेखि सय किमि उत्तरमा पर्ने क्रान्गान खाडीनजिकको सडकमा उनलाई क्षतिग्रस्त कारभित्र फेला पारिएको थियो।

प्रतिक्रिया दिनुहोस्