आणविक पनडुब्बी देखिए



टोक्यो, (एजेन्सी)
गतहप्ता पूर्वी चीन सागरको विवादास्पद टापु वरपरको जलक्षेत्रमा देखिएको एक विदेशी पनडुब्बी वास्तवमा चिनियाँ परमाणु क्षेप्यास्त्रबाहक पनडुब्बी भएको जापानले जनाएको छ। उक्त अज्ञात पनडुब्बी चीनको सांग–क्लास परमाणु शक्ति सम्पन्न आक्रामक पनडुब्बी भएको जापानका रक्षामन्त्री इत्सुनोरी ओनोडेराले जानकारी दिए। उक्त पनडुब्बीले कयौं संख्यामा लामो दूरीको क्षेप्यास्त्र र टोर्पेडो बोक्ने गरेको जनाइएको छ। आणविक शक्ति पनडुब्बीले लामो समय यात्रा गर्न सक्ने र गहिराइमा हुने भएकाले पत्ता लगाउन पनि गाह्रो हुने ओनोडेराले बताए।

प्रतिक्रिया दिनुहोस्