इजरायललाई मान्यता स्थगित



रमल्लाह, (एजेन्सी)
प्यालेस्टिनी नेताहरूले इजरायलको मान्यतालाई स्थगित गर्न आह्वान गर्ने एक प्रस्तावमा मतदान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलमलाई इजरायलको राजधानी घोषणा गरेको जवाफमा चाल्न सकिने कदमका बारेमा छलफल गर्न उनीहरू भेला भएका थिए। प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनले इजरायललाई आफूले दिएको मान्यता फिर्ता गर्नुले अन्तर्राष्ट्रिय जगत्मा तरङ्ग उत्पन्न गराउने अनुमान गरिएको छ। यद्यपि मतदानको नतिजा प्रष्ट भएको छैन। सन् २०१५ मा इजरायलसँग सुरक्षा समन्वय स्थगन गर्ने विषयमा प्यालेस्टाइन सेन्ट्रल काउन्सिलमा भएको यसअघिको मतदान अहिलेसम्म लागू हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्