भवन ढल्यो



एन्ट्वेर्प, (एजेन्सी)
एक अज्ञात विस्फोटको कारण बेल्जियमको शहर एन्ट्वेर्पमा एउटा आवासीय भवन ढल्दा थुप्रै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। तर सो शहरको मध्यभागमा रहेको पारडेन्माक्र्ट स्ट्रिटमा भएको यस विस्फोटमा आतंककारीको हात हुन नसक्ने प्रहरीले जनाएको छ। ढलेको भवनको भग्नावशेषबाट एक बालकलगायत तीन व्यक्तिलाई सकुशल उद्धार गरिएको छ। सोमबार साँझ भएको यस घटनाको कारण नजिकका अन्य तीनवटा भवन पनि क्षतिग्रस्त भएका छन्। सन् २०१६ मा ब्रसेल्समा भएका आत्मघाती बम विस्फोटयता बेल्जियमले उच्च सतर्कता अपनाएको छ।

प्रतिक्रिया दिनुहोस्