नबिल फाउन्डेसनद्वारा सहयोग



नेपाल समाचारपत्र
काठमाडौं
नबिल बैंकद्वारा प्रवद्र्धित नबिल फाउन्डेसनले नेपाली भाषा तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि किलाघः सांस्कृतिक पुचः द्वारा आयोजित प्रथम काठमाडौं महानगरव्यापी मेयर्स ट्रफी ‘चिग्वः धिमे धेंधेंबल्ला’ प्रतियोगिताको लागि २ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ। नबिल फाउन्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा सञ्चालक रमेशप्रसाद लोहनीले सो रकम बराबरको चेक किलाघः सांस्कृतिक पुचःका अध्यक्ष सानुकाजी महर्जनलाई हस्तान्तरण गर्नुभयो।

सो अवसरमा सांस्कृतिक संवद्र्धन एवम् युवालाई सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील बनाउने तथा नेवारी संस्कृति अनुसार विभिन्न समारोहमा नेपालकै पहिचानको रूपमा बजाउँदै आइएको धिमे बाजा तथा सोसंँग सम्बन्धित भेषभुषा, पहिरहनको संवद्र्धनका निम्ति किलाघः सांँस्कृतिक पुचःले गरेको आयोजनाको सरहाना गर्दै अग्रवालले त्यस संस्थाको शतप्रयासमा नबिल फाउन्डेसन सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्