शिक्षा र शोभा दोस्रो चरणमा



काठमाडौं, (नेस)
एपीएफका शिक्षा श्रेष्ठ र शोभा गौचनले राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोस्रो चरणमा प्रवेश गरेका छन्।

महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा मंगलबार शिक्षाले सुदूरपश्चिमकी नीलिमा महरालाई २३–२१, २१–५ ले हराइन्। त्यस्तै शोभाले प्रसुन्ता खत्रीलाई २१–७, २१–१२ ले पराजित गद पहिलो चरण सहजै पार गरेकी हुन्।

त्यस्तै मध्यमाञ्चलकी तारा आलेले पश्चिमाञ्चलकी आकृति केसीलाई २१–८, २१–१९ ले, पूर्वाञ्चलकी सुनैना मुखियाले सुदूरपश्चिमकी विष्णा विष्टलाई २१–११, २१–१४ ले, पूर्वाञ्चलकी सीमा राजवंशीले मध्यपश्चिमकी पुष्पा शाहीलाई २१–४, २१–५ ले, नेपाली सेनाकी अनुमाया राईले मध्यपश्चिमकी कामना ओलीलाई २१–४, २१–३ ले हराउँदै दोस्रो चरणमा पुगे।

प्रतिक्रिया दिनुहोस्