रोनाल्डो म्यानचेस्टर युनाइटेडमै फर्किन चाहेको खुलासा



एजेन्सी, पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब रियल म्याड्रिडसँग इङ्लिस क्लब म्यानचेस्टर यूनाइटेड फर्किने इच्छा रहेको बताएका छन् ।

केहि खेलकुद सम्बन्धीका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले रोनाल्डो यसै वर्षको समर ट्रान्सफर विन्डोका क्रममा आफ्‍नो पुराने क्लबमा फर्किन चाहेको उल्लेख गरेका छन् ।

वर्तमान क्लब रियल म्याड्रिडसँग नयाँ सम्झौताका क्रममा गरिएका बाचाहरु क्लबबाट पुरा नगरिएको असन्तुष्ट व्यक्त गर्दै उनी यसै सिजनको अन्त्यसम्ममा क्लबबाट बाहिरिने बिचार गरिरहेको बताइएको छ ।

रोनाल्डोले सन् २००९ मा रियालमा आवद्ध हुनुअघिका ६ वर्ष म्यानचेस्टर युनाइटेडमै बिताएका थिए ।गत सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पिन्स लिगको उपाधि पनि जिताएका थिए ।

तर यस सिजनमा भने उनले गतिलो प्रदर्शन भने गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्