बिहीबार स्वदेश फर्किँदै ओली



नेपाल समाचारपत्र, काठमाडौं ।
नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएका छन् ।

पुस २६ मा त्यसतर्फ गएका ओली आज आउने कार्यक्रम भएपनि दुई दिन थप गरी माघ ४ गते मात्र फर्कने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्